सडकमै धान रोपेर जनप्रतिनिधिको विरोध

समाचार

6/24/2021

सिरहा, १० असार । सिरहाको धनगढीमाई १२ विष्णपुरकट्टिस्थित स्थानीय युवाले हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको छ ।

सडकको हिलो भएको कारण आवतजावतमा समस्या भइरहेको जानकारी वडाअध्यक्षलाई गराउँदा पनि सुनुवाइ नगरेको भन्दै स्थानीयले धान रोपेका हुन् ।

केहीदिन अघि गाउँको सोही सडकको केही मिटर कालोपत्रे गर्र्न सुरु गरेको थियो । कालोपत्रेमा आवतजावत रोक्न ठेकेदारले सडकमै खाल्डो खनेका थिए ।

उक्त खाल्डो नपुर्दा वर्षापछि सडकमा हिँडडुल गर्न कठिनाई भोग्नुपरेको स्थानीय खगेश्वर यादवले सुनाए ।

यता, वडाअध्यक्ष राजु श्रेष्ठले आफूले ठेकेदारलाई सडकको खाल्डो पुर्न ताकेदा गरिसकेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ