पर्सा, ८ पुस । वीरगन्ज महानगरपालिकामा रहेको कब्रिस्तानमा आवत जावतको लागि समस्या भएपछि वीरगञ्ज महानगरपालिकाले सडकको लागि जग्गा खरिद गरेको छ ।
महानगरको वडा नम्बर ३ स्थित कव्रिस्तानमा जाने सडक नहुँदा आवत जावत गर्नको लागि बाटो निर्माण गर्न जग्गा खरिद गरेको हो ।
कब्रिस्तानमा बाटो नहुदा समस्यामा परेका मुस्लिम समुदायलाई वीरगन्ज महानगरपालिकाले सडकको लागि जग्गा खरिद गरि दिएको हो ।
वस्ती बस्न सुरु भएदेखि नै मुस्लिम समुदायले स्थापना गरेको कव्रिस्तानसम्म जाने सडक नहुँदा स्थानीयबासीहरुले निजी जग्गाको बाटो प्रयोग गर्नु परेको थियो ।
करिब १ विगाह क्षेत्रफलमा रहेको कव्रिस्तानको लागि सधिँयारमा रहेका विशाल श्रेष्ठको ५ धुर जग्गा २२ लाख ५० हजारमा वीरगन्ज महानगरपालिकाले खरिद गरि दिएको हो।
वीरगन्ज महागनरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बैजु स्वर्णकार सहित वडाका मुस्लीम समुदायले महानगरपालिकामा समस्या राखेपछि नगर प्रमुख सरावगीको पहलमा जग्गा खरिद गरिएको वडा अध्यक्ष स्वर्णकारले बताए ।
तपाईको प्रतिक्रिया