रुपन्देही, ७ असार । रोहिणी गाउँपालिका–१ दशगजा ठुलो पिल्लरबाट करिब ३ किलो ५ सय ३६ ग्राम अवैध लागूऔषध चरेश प्रहरीले बरामद गरेको छ ।
आइतबार दिउँसो नेपालबाट भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरु प्रहरी चौकी वगाहाबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त चरेश छोडी फरार भएपछि चरेश प्रहरीले बरामद गरेको हो ।
साथै भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको करिब ६० हजार रुपैयाँ मूल्य बराबरको २ वटा पाडा समेत प्रहरीले बरामद गरेको छ ।
उक्त कार्यमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया