कैलाली, ११ असोज । जिल्लाको धनगढी उपमहानगरपालिका ९ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव सात लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बंग्राकटानबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला लत्ताकपडा ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा छाडी फरार भएका थिए । बरामद लत्ताकपडा भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।
तपाईको प्रतिक्रिया