रुपन्देही, २६ असार । बुटवल उपमहानगरपालिका–११ देबिनगरबाट २८ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाग्लुङ बडिगाड गाउँपालिका–८ बस्ने ३६ वर्षीय रोहित राना लगायत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँस्थित नमस्ते पथ केएफसी पिजा हबमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र लुम्बिनी प्रदेश अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध र लु.२५ प ६५४४ नम्बरको स्कुटर सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया