सेती प्रादेशिक अस्पतालमा टीकापुरका एक संक्रमितको मृत्यु

समाचार

4/26/2021

कैलाली, १३ बैशाख । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१० का ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ ।

सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार बैशाख ७ गते अस्पताल भर्ना भएका ती संक्रमितमा श्वासप्रश्वास सम्बन्धी समस्या र निमोनिया रहेको थियो ।

आइतबार बिहान पनि सेती अस्पतालमै उपचाररत गोदावरी नगरपालिकाका एकजना संक्रमितको मृत्युु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ