महोत्तरी, ९ मंसिर । सडक मर्मत तथा पानी छर्कनुपर्ने विषयलाई लिएर सरपल्लोलगायतका बासिन्दाले अवरोध गर्न थालेपछि जलेश्वर–बर्दिवास सडकमासोमवार सार्वजनिक यातायात चल्न सकेको छैन ।
साथै जलेश्वर–सम्सी सडकमा समेत सार्वजनिक यातायात बन्द छ ।
सार्वजनिक यातायात संचालन नहुँदा यात्रुहरु चर्को भाडा तिरेर सानो सवारीसाधनमा असुरक्षित यात्रा गर्न बाध्य भएका छन् ।
जलेश्वर नगरपालिका चौकस्थित टिकट काउण्टरका रंजित चौधरीले बस ब्यबसायीहरु स्थानीयको अवरोध तोड्न नसकेपछि सार्वजनिक यातायात चलाउन नसकिएको जानकारी दिएका छन् ।
जलेश्वरदेखि ४२ किलोमिटर टाढा बर्दिवाससम्मको सडक पूर्ण क्षतिग्रस्त भएपनि मर्मत तथा पानी छर्किने काम नगरेको स्थानीयको आरोप छ ।
सडक मर्मत गर्ने विषयमा स्थानीय प्रशासन तथा गाउापालिका एवं नगरपालिकाले समेत चाँसो नदिएपछि बस ब्यबसायीहरु स्थानीयको निशाना बन्न सक्ने डरले सवारीसाधन नै नचलाएको चौधरीले जानकारी दिएका छन् ।
यस सडकमा बिहानदेखि साँझसम्म प्रत्येक घण्टा सार्वजनिक सवारीसाधन बसले सेवा दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया