स्थलमार्गबाट भित्रिनेलाई रोक्न सकिएन : मेयर सरावगी

समाचार

9/28/2020

पर्सा, १२ असोज । वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले प्रमुख स्थलमार्गबाट मुलुक भित्रिने पर्यटकलाई वीरगन्ज नाकामा रोक्न नसकिएको बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको पर्यटकीय स्थल भिस्वामा भएको कार्यक्रममा विकास र पर्यटनका कुरा गर्दै नगरप्रमुख सरावगीले नेपालमा संघीयता कार्यन्वयन नभएको दाबी गरे । जनअपेक्षाअनुसार कसैले पनि अरुलाई दोष लगाउने मात्र नभई आफू पनि सुध्रिनुपर्ने समय आएको उनको भनाइ थियो । कोरोनाको कारण मुलुकभर नै पर्यटन बर्ष असफल भएको नगरप्रमुख सरावगीले बताए । सरकारहरूले गरिदिएनन् भनेर मात्र अब वीरगन्जवासीले उम्किन नमिल्ने उनको तर्क थियो । वीरगन्ज क्षेत्रको पर्यटकीय स्थल भिस्वा स्तुपा, घडीअर्वा पोखरी, पारसनाथ मन्दिर, सिम्रौनगढ, जानकी मन्दिर र पर्सा राष्ट्रिय निकुञ्ज जस्ता प्रदेश २ का पर्यटकीय स्थलहरूको पर्यटकीय सर्किट बनाइ यो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न सकिने सरोकारवालाको सुझाव छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ