जनकपुरधाम, १६ असार । विभिन्न सैनिक क्याम्पहरुले क्लोथ बैंक नेपाललाई एक कार्यक्रमबीच कम्बल सहयोग गरेको छ ।
मध्यपूर्वी पृतनापति उपरथी सुरेश कार्कीको विशेष प्रयासमा सिन्धुली, सिरहा, धारापानी लगायतका सैनिक क्याम्पहरुबाट क्लोथ बैंकलाई ६० थान कम्बल प्राप्त भएको भएको क्लोथ बैंकका अध्यक्ष राजीव झाले जनाएका छन् ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामदेब बनरैत, २६ नम्बर बाहिनीपति हेमराज केसी, ९ नम्बर बाहिनी पति सिसि चन्द्र केसि लगायतको सहभागिता रहेको थियो ।
यसैगरी क्लोथ बैंकका उपाध्यक्ष पुरन गुप्ता, सचिब मनिष श्रीओम, सदस्य खुस्बु साह कार्यक्रम संयोजक रंजीत झा, कार्यालय सचिब कृष्णा साह, स्वास्थयकर्मी मनोज पण्डित, नबल झा, शम्भु झा लगायतको उपस्थिति रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया