सैनिक जवानले रगत दिएर बचाइन् सुत्केरीको ज्यान

समाचार

6/3/2021

जनकपुरधाम, २० जेठ । कोरोना संक्रमणको दोश्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक जना सुत्केरी महिलाको जीवन रक्षा गरेकी छन् ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नंं २ बस्ने रिना देवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रक्तश्राव भई गम्भीर अवस्थामा श्रीराम अस्पतालमा उपचारार्थ थिइन् ।

उनको परिवारजनले रगत नपाएर निराश भएको अवस्थामा नेपाली सेनाको धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणमा कार्यरत सैनिक जवान मनिका तामाङले रगत दिएर ज्यान जोगाएकी हुन् ।

समयमा सुत्केरी महिलालाई रगत उपलब्ध नभएको भए जुनसुकै बेला ज्यान जाने खतरा रहेको बेलामा नेपाली सेनाले गरेको रक्तदानको अस्पतालका चिकित्सकहरु, स्वास्थ्यकर्मी एवं नर्सहरुले सराहना गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ