जलेश्वर, ३१ असार । जलेश्वर नगरपालिका–९, प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले आफैँलाई गोली हानी आत्महत्या गरेका हुन् ।
सिपाही तामाङले के–कति कारणले आफैँलाई गोली हाने भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।
तपाईको प्रतिक्रिया