नेपालका पहिला गणतन्त्रवादी नेता हुन् रामराजा प्रसाद सिंह । बि स १९९१मा जमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराएका थिए । नेपालको पहिलो रास्ट्रपति चुनावमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार थिए ।
राजा महेन्द्रको पालादेखि नै गणतान्त्रिक आन्दोलनमा लागेका यिनलाई सर्वस्व हरणसहित मृत्युदण्डको सजाय सुनाइएको थियो । वि.सं. २०४२ सालमा नारायणहिटी राजदरबारमा बम पड्काएका थिए । सिंहले भारतको बिहार राज्यअन्तर्गत दरभंगास्थित आफ्नो मामाघर बसेर पढेका थिए ।
भारत बसाइ क्रममा सिंहले भारतीय विश्वविद्यालयमा कानुन अध्ययन गरे । कानुन पढेर फर्केपछि सर्वोच्च अदालतका अधिवक्ता भएका यिनले राष्ट्रिय पञ्चायतको २०२४ सालको चुनावमा प्रजातन्त्र स्थापनाको नारा लिएर स्नातक उत्तीर्णको कोटाबाट उठे तर जलेश्वरमा पक्राउ परे ।
०२८ सालमा फेरि स्नातक कोटामै उम्मेदवार बनेर जिते । उनलाई पञ्चायतविरोधी आरोपमा पक्राउ गरियो । जेलभित्र रहँदा उनले तत्कालीन राजा महेन्द्रसँग नारायणहिटी दरबारमा दुईपटक वार्ता गरे । त्यसको केही समयपछि उनी रिहा भए । रिहा भएको भोलिपल्ट सिंहलाई राष्ट्रिय पञ्चायत सदस्यको शपथग्रहण गराइयो ।
सपथ लिएर प्रजातन्त्रको आन्दोलन गर्दै रहे । उनी देश भ्रमणमा निस्किए । त्यही क्रममा उनी विराटनगरमा पुनः गिरफ्तारीमा परे । सरकारले सिंहलाई जीवनभर राष्ट्रिय पञ्चायत सदस्य उम्मेदवार बन्न नदिने घोषणा ग¥यो । उनलाई नक्खु जेलमा राखियो । चार वर्ष ६ महिनापछि सिंह जेलबाट छुटे । ’बहुदलीय जनवादी मोर्चा’ गठन गरेर २०३७ सालको जनमत संग्रहमा सिंह सहभागी भए । त्यही बेला उनी नेपालगन्जमा फेरि पक्राउ परे । उनलाई गिरफ्तारलगत्तै छाडियो । त्यसपछि उनी भूमिगत भए ।
कांग्रेसले शान्तिपूर्ण सत्याग्रह चलाईरहेका बेलामा २०४२ साल असार ६ गते नारायणहिटी राजदरबार दक्षिणढोका, राष्ट्रिय पञ्चायत भवनलगायत राजधानीका विभिन्न स्थानमा बम विष्फोट भयो र केही निर्दोष व्यक्तिको ज्यान पनि गयो । त्यसको जिम्मा सिंहले लिएपछी उनलाई फाँसी सजाय सुनाइयो ।
बमकाण्डपछि कांग्रेसको सत्याग्रह पनि स्थगित भयो । २०४३ सालमा भारतमा पक्राउ परेपछि श्रीलङ्काको एक टापुमा पु¥याई भारत फर्कन निषेध गरिएको थियो । २०४६ सालको जनआन्दोलनपछि सरकारले सिंहलगायत बमकाण्डका सबै अभियुक्तलाई आममाफी दिने निर्णय ग¥यो । सिंहले पुनः २०५१ सालको मध्यावधि चुनावमा उनले नेपाल जनवादी मोर्चाको तर्फबाट सिरहा र धनुषाबाट उम्मेदवारी दिए पनि दुवै क्षेत्रबाट पराजित भए ।
२०६३ सालमा सिंहले तत्कालीन माओवादीको मधेशी मुक्ति मार्चाको सम्मेलनमा भाषण गरेपछि उनी माओवादीनिकट भए । जनवादी मोर्चा र माओवादीबीच एकता भए पनि सिंह माओवादीमा गएनन् तर एकीकृत माओवादीको तर्फबाट राष्ट्रपति उम्मेदवार बने । सप्तरी सदरमुकाम राजविराजमा परिवारसँगै बस्दै आएका उनको ७७ वर्षको उमेरमा वि.सं. २०६९ भाद्र २७ मा काठमाडौंमा स्नायु सम्बन्धि पार्किन्सन्स् रोगबाट निधन भयो ।
तपाईको प्रतिक्रिया