काठमाडौं, १७ चैत । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापना र पुनर्निर्माण कार्यका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारहरुबीच मंगलबार तीन वटा ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
सो सम्झौताअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित चिरीघ्याङ्ग गुम्बा, तार्केघ्याङ्ग गुम्बा र मेलाम्चीघ्याङ्ग गुम्बाको निर्माण हुनलागेको हो ।
उक्त कार्यक्रममा भूतपूर्व अर्थराज्यमन्त्री डा.लार्केल लामा, प्रदेशसभाका सदस्य निमा लामा, भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका दोस्रो सचिव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सांस्कृतिक परियोजनाका परियोजना निर्देशक, सम्बन्धित गुम्बाका अध्यक्ष, भारत सरकारको परियोजना परामर्शदाता इन्टाच तथा सरोकारवालाहरुको उपस्थिति थियो ।
भूकम्पले क्षति पु¥याएका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण र पुनस्र्थापना गर्नका लागि भारत सरकार र नेपाल सरकारबीच सहमति कायम भएको थियो ।
यी तीन परियोजनाहरु पनि सोही २८ वटा सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन् । नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । सोही प्रतिबद्घता अनुरुप यी परियोजनाहरुलाई अघि बढाइएको हो ।
सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने शेर्पा र तामाङ्ग समुदाय विशेषगरी ह्योल्मो जातिका लागि यी तीनै गुम्बाले सिकाई केन्द्रको रुपमा काम गर्नुका साथै सिन्धुपाल्चोक क्षेत्रको पर्यटनलाई प्रर्वद्घन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
तपाईको प्रतिक्रिया