रुपन्देही, १ भाद्र । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट सैनामैना नगरपालिकालाई सुरक्षित गर्न भाद्र ७ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।
सैनामैना नगरपालिकाको कोरोना संक्रमण व्यवस्थापन समितिको आइतबारको निर्णयानुसार सोमबार राति १२ः०० वजेदेखि आइतबार राति १२ः०० वजेसम्म पुर्ण लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख चित्रबहादुर कार्कीले सूचना प्रकाशन गरेका छन् ।
उक्त समयमा सैनामैना नगरपालिका क्षेत्र भित्र स्वास्थ्य सेवा, दुग्ध, पेट्रोलियम पदार्थ, विधुत, खानेपानी, वारुणयन्त्र, एम्वुलेन्स, शव वाहन जस्ता अत्यावस्यक सेवा सन्चालन हुने नगरप्रमुख कार्कीले जनाएका छन् ।
यसैगरी, सरकारी कार्यालय, बैंक, सहकारी र अन्य वित्तिय सेवा लगायत सम्पूर्ण सेवा बन्द गरी पुर्ण लकडाउन गरिने जनाइएको छ ।
लकडाउनको पूर्ण पालना गर्नु गराउनु हुन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु हुन समेत नगरप्रमुख कार्कीले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया