सुन जस्तो देखिने पहेंलो धातुसहित तीन जना पक्राउ

समाचार

6/28/2021

कैलाली, १४ असार । गोदावरी नगरपालिका–२ अत्तरीया बसपार्कबाट १ सय २० ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद ८ हजार ६ सय रुपैयाँ र ५ थान मोबाइलसहित तीन जना पक्राउ परेका छन् ।

डडेल्धुरा अमरगढी नगरपालिका–८ बस्ने २० वर्षीय महेश सार्की सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गेरको छ ।

प्रदेश ३–०१ –००२ च ४६९९ नम्बरको कारलाई प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुसहित फेला पारी कार चालक कार्की समेत ३ जनालाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ