सप्तरीको चन्द्रनहरको बाढीले सयौं घर डुबान

समाचार

7/20/2021

सप्तरी, ५ साउन । सोमबार साँझ परेको अविरल वर्षाका कारण जिल्लाको सयौं घर डुबानमा परेका छन् । सप्तकोशी नगरपालिका–४ स्थित चन्द्रनहर बाढीले कटान गर्दा करिब तीन सय घर डुवानमा परेको हो ।

अविरल वर्षाका कारण विभिन्न सात वटा खहरे खोलामा आएको बाढीले नहरको बाँध भत्काएर बस्तीमा पानी पसेको छ ।

सप्तकोसी नगरपालिकाका जुटपानी, सत्रापत्र, अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहरको दुई ठाँउमा भत्काएको छ ।

नहर फुटेर सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का गरी तीन सय घर डुबेका छन् ।

वर्षेनी बाढीका कारण सप्तरी जिल्ला डुबानमा पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ