काठमाडौं, २९ बैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पनि एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।
डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी जनाएका छन् ।
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणअनुसार संक्रमण पुष्टि भएको जनाइएको छ ।
संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाइ संक्रमितको संख्या १२१ पुगेको छ भने ३१ जना उपचारपछि निको भएका छन् ।
तपाईको प्रतिक्रिया