सप्तरीमा ‘एकता नाद’ सफल

समाचार

4/14/2020

सप्तरी, २ बैशाख । सप्तरीको विभिन्न स्थानीय तहमा मंगलबार भव्यतापुर्वक ‘एकता नाद’ सफल गरिएको छ ।

कोेरोना भाइरस (कोभिड १९) महामारीको विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी, समाजसेवी तथा अतिआवश्यक सेवामा खटिनेहरुको सम्मान तथा हौसला बढाउने उद्देश्यले सप्तरीसहित विभिन्न ठाउँहरुमा एकता नाद गरिएको छ ।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको आग्रहमा सप्तरीका १८ ओटै स्थानीय तहमा विहान ७ः०० बजे ७ मिनेटसम्म ताली, थाली, घडी घंट, शंख सिटी, ढोल सहितका सामग्रीहरु बजाएर एकता नाद सफल पारिएको छ ।

यो विषम् परिस्थितिमा हामीले एकताको सन्देश दिन खोजेका हौं, कुनै पार्टी विशेषको कार्यक्रम नरहेको सुरेन्द्र मधेशीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ