सप्तरीमा थपिए १३ संक्रमित

समाचार

6/22/2020

राजविराज, ८ असार । सप्तरीमा सोमबार थप १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको संख्या १७३ पुगेको छ ।

जिल्लाको हनुमाननगर कंकाालिनी नगरपालिकामा दुई, बलानबिहुल गाउँपालिकामा चार, राजगढ गाउँपालिकामा पाँच र राजविराज नगरपालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

हनुमाननगर कंकालिनीका दुई जना संक्रमितहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा र अन्य ११ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब संकललन गरी पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो ।

संक्रमितहरू भारतको हरियाणा, दिल्ली, पञ्जाबलगायत विभिन्न स्थानबाट आएका थिए । उनीहरू स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका छन् । नयाँ थप भएका संक्रमितहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ