सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

समाचार

10/14/2020

राजविराज, २८ असोज । सप्तरीमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । राजगढ गाउँपालिका–६ का ५९ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।

छातीमा समस्या देखिएपछि उपचारार्थ प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको राजगढ गाउँपालिका–६ का वडा अध्यक्ष कमलदेव यादवले जानकारी दिए । नेपाली सेनाले मृतकको गाउँमै शव व्यवस्थापन गरेको छ ।

यता, सप्तरीमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बासहित ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयको प्रतिलिपी फाँटका सुब्बालाई संक्रमण देखिएको हो । २७ वर्षीय उनी राजगढ गाउँपालिका–१ का बासिन्दा हुन् । अन्य संक्रमित हुने तीनजना कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको परिवारका हुन् ।

सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । संक्रमित हुनेको सङ्ख्या १ हजार ४ सय ५५ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमा १ हजार १२९ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ