सप्तरीमा भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याइयो

समाचार

8/19/2020

राजविराज, ३ भाद्र । सप्तरी जिल्लामा लगाइएको निषेधाज्ञाले पुनः निरन्तरता पाएको छ ।

पूर्व निर्धारीत समय मंगलबार राति सकिन लाग्दा भदौ १५ गतेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

सप्तरी जिल्लामा कोरोना बढ्दै गएको र सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेकोले संक्रमण फैलिन नदिनका पुनः समय थपिएको उनले बताए । सप्तरीमा साउन २० गतेदेखि नै निषेधाज्ञा लगाइएको छ ।

यस अवधिमा अतिआवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ । अहिले कोरोनाको हटस्पट बनिसकेको प्रदेश २ को सबै जिल्लामा निषेधाज्ञा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ