सप्तरीमा शिक्षक जनमत संघ गठन

समाचार

6/24/2020

राजविराज, १० असार । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठनअन्तर्गत शिक्षक जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ ।

सप्तरीको राजविराजस्थित रहेका जनमत पार्टी सप्तरीको कार्यालयमा बुधबार अयोजना गरिएको एक कार्यक्रमबीच अशोक कुमार साहको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

यसैगरी, सहसंयोजकमा दिपक सिंह, सचिव शिव शंकर साह, सहसचिव ओम प्रकाश रजक, कोषाध्यक्ष ललिता सिंह रहेका छन् भने सदस्यमा विरेन्द्र, रामभरोस, सुधा, रमेश, जलेश्वर, खुशिलाल, शिवशंकर, रविन्द्र, रोशन, मनोज, राधेश्याम, शुनिल, पंकज, श्यामकुमार यादवलगायतका व्यक्तिहरुलाई चयन गरिएको छ ।

शिक्षक जनमत संघका केन्द्रिय सदस्य तिरथानन्द यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्र्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशी रहेको थिए ।

कार्यक्रममा जनमत पार्टीको केन्द्रिय सदस्य तथा सञ्चार प्रमुख एवम सप्तरीका इन्चार्ज सुर्यदेव यादव, सोहि पार्टीको केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष एवम गैर आवासिय मधेशी संघ कतारका प्रतिनिधि सुरेन्द्र नारायण यादव, जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान), जनमत युवा संघ सप्तरीका संयोजक मनोज यादव, राजविराज नगर संयोजक नारायण यादव, जनमत शिक्षक संघका केन्द्रिय सदस्य श्रवण कुमार शर्मा, लोकेन्द्र ठाकुर, रामकुमार शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षा तथा पठन पाठनको गुणस्तर बढाउन, शिक्षकहरुको हक हितको लागि संघर्ष गर्नका लागी नै यो संगठनको आवश्यकता भएको वक्ताहरुको भनाई रहेको थियो । कार्यक्रममा उद्घोषण जनमत पार्टी सप्तरीका सदस्य सञ्जय मधेशीले गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ