सप्तरीमा ३७९ जनाको रिपोर्ट नेगेटिभ

समाचार

5/10/2020

राजविराज, २८ बैशाख । सप्तरीमा कोरोनाका शंकास्पद ३७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । । र, ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र स्वास्थ्य कार्यालयले जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका मानिस, जमाती बसोबास क्षेत्र तथा अन्य शंकास्पद मानिसका गरी कूल ४२२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि धरान स्थित बीवी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

स्वास्थ्य कार्यालयले संक्रमित जमाती बसोबास गरेको जिल्लाको विभिन्न टोल बस्तिका ३१८ सहित ३५८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाइएकोमा ३२ जना रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

त्यस्तै अस्पतालले ६४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि पठाइएकोमा ११ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले स्वाब संकलन गरिएको कूल ३५८ मध्ये उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमित जमातीको यात्रा बृतान्त सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित गत फागुन ३–५ गते आयोजित इस्लामिक धार्मिक सभा इज्तिेमासहित विभिन्न बस्तीसँग जोडिएकोले जिल्लामा ती बस्तीका ३१८ रहेका छन । उनीहरुको पीसीआर परीक्षणको लागि धरान पठाइएमा सबैको रिपोर्ट नेगेटिभ रहेको बताइएको छ ।

जमाती बसोबास क्षेत्र अन्तर्गत बोदेबर्साइन नगरपालिका, डाकनेश्वरी नगरपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, बलान बिहुल गाउँपालिका, कञ्चनरुप नगरपालिकाको बैरवा, बरमझिया, तथा सप्तकोशी नगरपालिकाको फत्तेपुर, बलारदह, सिद्धिपुरवासीकोे स्वाब संकलन गरी पीसीआर परीक्षण गरेको थियो । यता जिल्लाको विभिन्न क्वारेन्टाइनका २५१ र होम क्वारेन्टाइनमा २०० गरी ४५१ जना क्वारेन्टाइनमा रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ