राजविराज, २० माघ । कानून व्यवसायीहरूको संगठन डिएलए (नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन) को सप्तरी जिल्ला अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्य समिति गठन गरेको छ ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनले हेम नारायण चौधरीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । यसअघि भरत यादव अध्यक्ष थिए ।
नयाँ समितिमा उपाध्यक्ष लोकनाथ यादव, सचिव सुरेन्द्र प्रसाद यादव र कोषाध्यक्ष भोगीलाल यादव रहेका छन् ।
यसैगरी सदस्यहरूमा सन्तोष कुमार चौधरी, रामचन्द्र मण्डल, किसुनदेव ठाकुर, रुद्र नारायण चौधरी, गिरेन्द्र प्रसाद यादव, मिथिलेश चन्द्र लाभ, जय प्रकाश साफी महेन्द्र प्रसाद यादव तथा कौशल किशोर दत्त रहेका छन् ।
अधिवेशनले एक सल्लाहकार समिति पनि गठन गरेको छ । सो समितिमा शिव नारायण यादव, श्याम नारायण साह, हेम कुमार मिश्र, विजय कुमार यादव, रामानन्द साह, बालकृष्ण ढुंगाना, बोधकृष्ण भगत, प्रह्लाद घिमिरे तथा इन्द्र देव सिंह रहेका छन् ।
यसअघि अध्यक्ष भरत यादवको अध्यक्षतामा आयोजित अधिवेशनको खुला सत्रमा प्रमुख अतिथि नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल कुमार पोखरेल, राजविराज उच्च बारका अध्यक्ष रामानन्द साह, सप्तरी जिल्ला अदालत बारका अध्यक्ष डोमन साह, वरिष्ठ अधिवक्ताहरू अमर बहादुर पाण्डे, रामजी साह, बोधकृष्ण भगत, देव नारायण यादव, राजविराज उच्च बारका पूर्वअध्यक्षहरू श्याम नारायण साह, महेन्द्र प्रसाद चौधरी, हेम नारायण चौधरी, अधिवक्ताहरू हेम कुमार मिश्र, अजय कुमार झा, मो. समिम, विनाद कुमार पाण्डे, सन्तोष कुमार चौधरी, प्रह्लाद घिमिरे, विमल कुमार साह, धिरेन्द्र प्रसाद साहलगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन अधिवक्ता सुरेन्द्र प्रसाद यादवले गरेका थिए ।
तपाईको प्रतिक्रिया