वीरगञ्ज, १४ चैत । विश्वभरि फैलिएका महामारीको रुपमा कोरोना भाइरसलाई मध्यनजर गर्दै पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलमको नेतृत्वमा घर–घरमा पुगी हात धुने डिटोल साबुन, सेनिटाइजर, माक्स, गल्फस वितरण गरिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि यो सामग्री वितरण गरिएको अध्यक्ष आलमले बताए ।
उक्त कार्यक्रममा साबिक वडा नं १ देखि ९ र हाल का वडा नं ५ का सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेवहरुलाई वडा अध्यक्ष आलमले घर–घरमा पुगी माक्स वितरण गर्ने र यो विश्वभरि फैलिएका महामारी कोरोना भाइरसबाट आफू बाँचे र अरुलाई बचाउने जस्ता पोष्ट पम्पलेट बाड्ने अध्यक्षले निर्देशन समेत दिएको थिए ।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय एकटंगाका सहायक प्रहरी निरीक्षक, स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज देव गिरी, वडा सदस्य योगेन्द्र साह, सतिया देवी, धुरुप राय भर स्वास्थ्यकर्मी सुमन चौधरी स्थानीय समाजसेवी अशोक यादव लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया