सेभ द चिल्ड्रनद्वारा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

समाचार

5/12/2020

सप्तरी, ३० बैशाख । सेभ द चिल्ड्रेनले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले विभिन्न १८ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई सेभ द चिल्ड्रनका वरिष्ठ कार्यक्रम संयोजक अरुणकुमार महतोले सो स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

सेभ द सप्तरीको सम्वन्य सहकार्यमा सेभ द चिल्ड्रेनले बायोहजार्ड ब्याग ४० थान, अस्पताल ग्रेड डिसइन्फेक्ट्यान्ट पाँच लिटरको ४० जार, इन्फ्रेड थर्मो्मिटर चार थान, लिक्विड साँप १७५ एमएलको १० थान, एन ९५ रिसपिरेटर मास्क ६० थान, पीपीइ किट ६० थान, साँप डिस्पेन्सर पाँच थान, स्प्रे कन्टेनर एक लिटरको २० थान, बुट सु कभर दुई सय जोडी प्रदान गरेको छ ।

त्यस्तै बोफ्यान्ट क्याप एक सय, गमबुट ४० जोडी, ह्याण्ड सेनिटाइजर ५०० ग्रामका १५ वटा, साबुन एक सय वटा, प्लास्टिक बाल्टिन १० वटा, स्क्रब सेट १० वटा, सर्जिकल ग्लोभस नन स्टरलाइ एक हजार जोडी, सर्जिकल ग्लोभस स्टरलाइ एक हजार जोडी, र एप्रोन ६० थान अस्पताललाई प्रदान गरेको छ ।

प्रदान गरिएको सामग्रीको खरिद मूल्य छ लाख ४७ हजार ६२३ रुपियाँ ६५ पैसा रहेको सेभ द चिन्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक महतोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ