सेभ द चिल्ड्रेनद्वारा प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

समाचार

7/2/2021

जनकपुरधाम, १८ असार । कोभिड महामारी नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले प्रदेश नं. २ को सरकारलाई ७३ लाख ५८ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधिहरुले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको उपस्थितिमा समाजिक विकासमन्त्री नवल किशोर साहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

कोभिड १९ को सम्भावित तेस्रो लहरमा बालबालिकाहरु प्रभावित हुने अनुमान रहेको हुँदा सेभ द चिल्ड्रेनले सोको पूर्वतयारीका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

हस्तान्तरित सामग्रीहरुमा होस्पीटल बेड, डेडबडी व्याग, अक्सीजन कन्सन्ट्रेटर, पिपिई, फेस सिल्ड स्यानिटाइजर लगायतका सामग्रीहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ