काठमाडौं, २९ असार । भारतीय सञ्चारमाध्यममा आएका समाचारलाई लिएर नेपाल सरकारले भारत सरकारलाई पत्र पठाएको छ ।
भारतीय सञ्चारमाध्यममा नेपाल र यहाँका प्रधानमन्त्रीको बारेमा आएका समाचारहरु आधारहिन, कपोकल्पि, बनावटी रहेको र त्यसले नेपालीको भावनामा चोट पुराएको भन्दै भारत सरकारलाई कुटनीतिक नोट पाठएको छ ।
त्यस खालको समाचारले दुई देशको सम्बन्धमा असरसमेत पर्ने भएकाले त्यसमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै भारत सरकारलाई कुटनीति नोट पठाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
चिनियाँ राजदूत र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर त्यहाँका सञ्चारमाध्यमले आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालमा त्यसको विरोध भएको थियो । नेपालमा भारतीका केही न्युज च्यानल बन्द पनि गरिएको छ ।
तपाईको प्रतिक्रिया