समाजवादीको निर्णयविरुद्ध सरिता गिरी सर्वोच्च अदालत जाने

समाचार

7/7/2020

काठमाडौं, २३ असार । सरिता गिरीले आफूलाई पार्टीबाट निष्काशन गरेको र सांसद पदबाट हटाएको समाजवादी पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छन् ।

उनले आफूलाई कानूनविपरीत पार्टी र सांसदबाट हटाएको तर्क गरेकी छन् । उनले कुनै पनि किसिमले आफू कारबाहीको भागिदार नरहेको दाबी गरेकी छन् ।

उनले आफूलाई गैरकानूनीरुपमा पार्टीबाट निष्काशन र सांसद पदबाट हटाएको कुरा सामाजिक सञ्जालमा भनेकी छन् । उनले पार्टीको सो निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भनेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ