समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमप्रति पूर्वराजपा प्रदेश समितिको आपत्ति

समाचार

12/18/2020

काठमाडौं, ३ पुस । पूर्व समाजवादी पार्टीनिकट समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमप्रति पूर्व राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश ५ समितिले आपत्ति जनाएको छ ।

पूर्वराजपा नेपालको प्रदेश समिति अध्यक्ष रविदत्त मिश्रले शुक्रबार एक विज्ञप्ति जारी गरी पूर्वसमाजवादी पार्टीको क्रियाकलापप्रति घोर आपत्ति जनाएका छन् ।

‘समायोजनभन्दा अगाडि नै पूर्व राजपा प्रदेश समितिलाई कुनै आधिकारिक जानकारी बिना पूर्व समाजवादी पार्टीको प्रदेशस्तरीय बैठक तथा समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमलाई जनता समाजवादी पार्टीको नामबाट प्रचारित गर्ने क्रियाकलापको निर्णयप्रति घोर आपत्ति प्रकट गर्दछौं ।’ पूर्वराजपाका प्रदेश अध्यक्ष दत्तले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

दत्तले पार्टी समायोजन प्रक्रियामै रहेको यस संक्रमणको अवस्थामा सम्पूर्ण कार्यकर्तालाई विचलित नभई संगठनलाई झन मजबुत बनाउने अग्रसर रहन आग्रह गरेका छन् ।

 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ