जनकपुरधाम, ५ फागुन । प्रदेश २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले समाज शिक्षित र विकसित बनाउन शिक्षामा प्रदेशको विशेष ध्यान रहेको बताएका छन् ।
सरस्वती पूजाको अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा १ भगवानपुर ईनर्वामा श्री रा. प्राविको उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका छन् ।
समाज शिक्षित र विकसित बनाउन शिक्षामा प्रदेशको विशेष ध्यान रहेको मन्त्री साहले जानकारी गराए । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ८६ जना विद्यार्थी रहेका छन् ।
तपाईको प्रतिक्रिया