बारा, २७ चैत । बारास्थित सशस्त्र प्रहरी बल १२ न. गणले सीमा इलाकामा थप सक्रियता बढाएको छ ।
सशस्त्र प्रहरी बलले बाराको ६० किलोमिटर सीमा इलाकामा हालसम्म १२० भन्दा बढी जनशक्ति नियमितभन्दा बढी जनशक्ति परिचालन गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले बताए ।
बारा जिल्लामा सीमा नाकामा हाल ७ वटा बिओपीमार्फत् नियमित रूपमा सीमा सुरक्षा तथा राजस्व संकलन चोरी निकासी पैठारी नियन्त्रणको कार्य गर्दै आइरहेको छ ।
सात बिओपीमा जनशक्ति थप गरी लकडाउन सफल पार्न तथा कोरोना संक्रमित तथा कोही पनि व्यक्तिहरू सीमा नाकाबाट आवतजावत नगरून् भनी सीमा नाकामा कडाइ गरिएको गणपति सुवेदीले बताए ।
तपाईको प्रतिक्रिया