जनकपुरधाम, १२ चैत । सिमेन्ट उद्योगहरूले प्रदेश सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाएको प्रदेश २ सरकारले दाबी गरेको छ ।
उद्योगहरूले प्रदेश सरकारलाई प्रतिबोरा एक रुपैयाँका दरले राजस्व बुझाउनुपर्नेमा त्यसो नगरेको प्रदेश २ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेश २ को सप्तरीदेखि पर्सासम्म १५ वटा सिमेन्ट उद्योग सञ्चालित छन् । कार्यालयका अनुसार पर्साको नारायणी सिमेन्ट उद्योग, इन्टरनेसनल सिमेन्ट उद्योग, विश्वकर्मा सिमेन्ट, आरएमसी सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालि र अम्बे सिमेन्ट, बाराको अरनिको सिमेन्ट, कृष्णा सिमेन्ट, युनिटेक सिमेन्ट प्रालि, नेपाल शालिमार सिमेन्ट, स्टार सिमेन्ट, श्री सिमेन्ट इन्डस्ट्रिज प्रालि, कलश सिमेन्टले राजस्व बुझाएका छैनन ।
त्यसैगरी, सिराहाको मारुती सिमेन्ट र धनुषाको कसमस सिमेन्ट गरी विभिन्न १५ उद्योग प्रदेश–२ मा छन् ।
यी उद्योगमध्ये धनुषाको कसमस सिमेन्टबाहेक सबै सिमेन्ट उद्योगले प्रदेश सरकारलाई राजस्व नबुझाएको आर्थिक मामिला तथा योजना मन्त्रालयका विपत् व्यवस्थापन महाशाखका अधिकृत मिथिलेशकुमार महतोले जानकारी दिए ।
तपाईको प्रतिक्रिया