सिमानामा अलपत्र नेपालीलाई भारतले क्वारेन्टाइनमा राख्ने

समाचार

3/31/2020

दार्चुला, १८ चैत । नेपालको सुदूरपश्चिमको अन्तिम भारतीय नाका धार्चुलामा फसेका ५ सय ५७ नेपालीलाई भारतीय सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ ।

आफ्नो देशमा फर्किन पाउनुपर्ने मागसहित तीन दिनदेखि आन्दोलनरत नेपालीलाई भारतले दुबै देशबीच अर्को सहमति नहुँदासम्म भारतीय क्षेत्रमा तीन ठाउँमा क्वारेन्टाइनमा राख्ने भएको हो ।

भारतको धार्चुला प्रशासनले महाकाली नदी किनारमा रहेको गौशाला भवन र फायरब्रिगेडको गल्लीमा रहेको नयाँ भवनमा राख्ने बताएको छ ।

कोरोनाको संक्रमण फैलिएपछि भारत सरकार र राज्य सरकारले लकडाउन गरेका छन् भने नेपालमा पनि लकडाउन भएकाले उनीहरु प्रवेश गर्न नपाएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ