सामान्य विवादमा झडप हुँदा ९ जना गम्भीर घाईते

समाचार

6/4/2020

कपिलवस्तु, २२ जेठ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं.३ डुमरियामा भैंसी र नालीको सामान्य विवादमा झडप हुँदा ९ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिँदा हालसम्म उजुरी दर्ता नभएको स्थानीयहरुले गुनासो पोखेका छन् । जेठ ९ गते भएको उक्त घटनाको अहिलेसम्म प्रहरी प्रशासनबाट कुनै किसिमको सुनुवाई नभएको कुरा गम्भीर घाइतेहरुमध्ये वीरेन्द्र यादवले बताए ।

आफूहरुलाई राममिलन पासी, हरिराम पासी,छविलाल पासी, तिरथ पासी, रामनेवास पासी, रामदिन पासी मिलेर लठ्ठी, ढुंगा र धारिलो हतियारको समेत प्रयोग गरि घाइते बनाएको कुरा पनि उनले बताए ।

गाउँमा पासी परिवारको बाहुल्यता धेरै रहेकोले कहिलेकाहीँ उनीहरुको यस्तै ज्यादती खेपिरहनु पर्ने कुरा समेत उनले बताए ।

गाँउका सबै जना मिलेर आफूहरुमाथि आक्रमण गरेको भनेर दोषीहरुले उल्टै विभिन्न ठाउँमा निवेदन दिएको कुरा अर्का गम्भीर चोटपटक लागेका व्यक्ति सुख्खु मुसलमानले बताए ।

दोषीहरु विरुद्ध जेठ १५ गते नेपाल राष्ट्रिय महिला आयोग, नेपाल राष्ट्रिय मुस्लिम आयोग र नेपाल राष्ट्रिय दलित आयोगमा निवेदन दर्ता भैसकेको हो ।

लकडाउन छ पैसा छैन कहि कतैबाट पनि पैसाको स्रोत छैन औषधी कसरी गराउने भनेर गम्भीर घाइते भएकी जोहरा खातुनले दुुःख पोखेकी छिन् ।

दोषीहरुको बिरुद्ध ज्यान मार्ने उदयोग मुद्दा दर्ता गर्न पटक(पटक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दर्ता गर्न जाँदा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कुनै पनि वास्ता नगरी मुद्दासम्म दर्ता नगरेको पीडित पक्षले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ