जनकपुरधाम, २० फागुन । उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले व्यापारको उदग्म स्थलको रुपमा जनकपुरधाम भएपनि यस क्षेत्रमा विकास हुन नसकेको बताएका छन् ।
संघ सरकार र प्रदेश सरकारको विवादको कारण व्यवसायीहरु लगानी गर्न चाहेपनि लगानी गर्न नपाएको उनले बताए ।
जनकपुरधाममा भएको दोस्रो जनकपुर साहित्य महोत्सवमा बोल्दै उद्योगपति चौधरीले आफूहरु यस प्रदेशमा लगानी गर्न चाहेपनि संघ र प्रदेशको अधिकार बाँझिएको कारण लगानी गर्न नसकेको बताए ।
उनले भने, ‘संघीयता पश्चात विकास गर्ने क्रममा यसै प्रदेशबाट विकासको काम सुरु गर्ने मान्सिकताको साथ २ सय मेगावाटको सोलार पावरको प्रोजेक्ट सञ्चालन गर्न मंत्रीजी र लगानीकर्ता बिच सम्झौता गरायौँ तर दुर्भाग्यवस प्लान्ट सञ्चालनको लागि जग्गा उपलब्ध गराउने अधिकार संघको हो कि प्रदेशको यसै लफडामा प्रोजेक्ट रोकियो ।’ संघ र प्रदेश बिचको खिचातानीको कारण यहाँको विकासमा अवरोध भइरहेको उनले बताए ।
उनले भने, ‘अब सञ्चालन हुन लागेको रेल्वे, हालै उद्घाटन भएको एयरपोर्टहरु भएपनि प्रदेश र संघ बिचको खिचातानीको कारण विकासको काम अवरुद्ध भइरहेको डर र आस्वस्त भएर फर्कदैछु ।’
व्यापार व्यवसायको उदगम स्थलको रुपमा यो प्रदेश रहेको भन्दै यहाँ व्यापार गर्ने सम्पूर्ण वातावरण भएकोले यहाँ आफूहरु लगानी गर्न तयार रहेको चौधरीले बताए ।
उनले कुनै समय नेपाल सिमेन्टमा भारतमा निर्भर रहेको भन्दै भने, ‘सरकारले खानी नजिक विधुतको पहुँच पु¥याएपछि अहिले नेपाल सिमेन्ट निर्यात गर्ने देशमा परिणत भएको छ ।’ सरकारले व्यवसायीको लागि व्यवसाय गर्ने वातावरण बताए व्यवसायीहरु लगानी गर्न तयार रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया