काठमाडौं, ६ असोज । विश्व हिन्दु महासंघले सम्पूर्ण देवस्थलहरुमा सहज र सुरक्षित दर्शनका लागि खुल्ला गर्न/गराउन नेपाल सरकारसँग माग गरेको छ ।
महासंघ महासचिव अस्मिता भण्डारीले एक प्रेस बिज्ञप्ति जारी गरी सरकारको गैरजिम्मेवार रवैया र हिन्दुहरुको आस्था माथी भइरहेको निरन्तर प्रहार माथी कडा प्रतिक्रिया जनाएको छ ।
“संसारको एक मात्रै हिन्दु अधिराज्यको पहिचान भएको हाम्रो देश संसार भरिका हिन्दु ओमकार परिवारको आस्थाको देश बुझ्दाबुझ्दै राजनीति दलका केही नेताहरूले विदेशीको प्रलोभनमा परी धर्मनिरपेक्ष गरि हिन्दु धर्मावलम्बीको भावनामा चोट पु¥याएकोमा धर्मनिरपेक्षताका विरुद्धमा सम्पूर्ण हिन्दु ओमकार परिवार एकजुट रहेका छौं ।’ भण्डारीले विज्ञप्तिमा भनेकी छन् ।
हाल कोभिड १९ को कारण लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरी सम्पूर्ण मठ, मन्दिर, देवस्थलहरू बन्द गरिएको छन् भने हाम्रो जस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुकमा सम्पन्न हँुदै आएका परम्परागत देवी देवताका जात्रा पूजाहरू समेत रोक्ने प्रयास नेपाल सरकारबाट गरिँदै आएको भन्दै उनले आपत्ति जनाएकी छन् ।
असोज १ गतेदेखि बजार, यातायात तथा सम्पूर्ण कारोबारहरू खुल्ला गरे तापनि आराध्यदेव भगवान् श्रीपशुपतिनाथ, माता जानकीलगायत विभिन्न शक्तिपीठहरू, सम्पूर्ण मठ मन्दिर, गुम्बा, चैत्य, बिहार तथा सम्पूर्ण देवस्थलहरूमा सहज र सुरक्षित दर्शनका लागि तत्काल खुल्ला गर्न÷गराउन नेपाल सरकारलाई महासंघले अनुरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, यसै सन्दर्भमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दैवी शक्तिको स्रोतबाट नेपाल राष्ट्र एकीकरणको शक्ति आर्जन गरिबक्सेको तथ्यगत मान्यताअनुसार कोतमा रहेका हातहतियार र निशानको पूजा, फूलपाती, महाअष्टमीका दिन कालरात्री पूजा हर्षाेल्लास र भव्यताका साथमा सुसम्पन्न गर्ने परम्परा रहिआएको छ । तर, नेपाल सरकारले कोभिड १९को कारणबाट नवरात्रीका पूजाहरूमा रोक लगाउने बुझिएको छ ।’
अतः कारणवस राष्ट्रको मौलिक पूजाआजा, जात्रा आदि रोकिएमा क्षमा पूजा गर्ने परम्परा रहेकाले यसपटक सम्बन्धित पक्षले देवी भगवतीसँग प्रार्थना तथा क्षमा पूजा गरी आफ्नो देशको रितिरिवाज, संस्कृति र परम्परालाई संरक्षण गरोेस् भन्ने माग गर्दै ८४ प्रतिशत भन्दा धेरै हिन्दु र ९४ प्रतिशत भन्दा धेरै ओमकार परिवारको भावनाको कदर गर्दै अगाडि बढ्नका निम्ति नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
तपाईको प्रतिक्रिया