दार्चुला, १९ चैत । नेपालमा रहेका भारतीयको नेपालले र भारतमा रहेका नेपालीको भारत सरकारले व्यवस्थापन गर्ने सहमति अनुसार धार्चुला पुल क्षेत्रमा रोकिएका पाँच सय नेपालीलाई भारतीय पक्षले खाने, बस्ने व्यवस्थासहित क्वारेन्टाइनमा राखेको छ ।
दुईवटै देशका सरकारबीच अर्को सहमति नभएसम्म नेपालीलाई भारतमै क्वारेन्टाइनमा भारतको धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले जानकारी दिनुभयो । धार्चुलाको चार ठाउँ र जौलजिबीको एक ठाउँ गरेर पाँच सय नेपालीलाई पाँच ठाउँमा राखिएको छ ।
लकडाउनको समयमा जो जहाँ छ त्यही बस्नुपर्ने हो तर त्यो नबुझेर पुल खुल्दैछ भन्ने हल्लाकोपछि लागेर नेपालीहरु धारचुलामा पुगेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
तपाईको प्रतिक्रिया