सीमामा तारबार लगाउनु मधेशीको अहितमा : यादव

समाचार

5/19/2020

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेशी जनताको हितमा नभएको टिप्पणी गरेका छन् ।

‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेशको जनताको लागि हितकर छैन’ प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले भने ।

त्यसप्रति लक्षित गर्दै नेता यादवले मधेशी जनताको राष्ट्रियतामाथि प्रश्न नउठाउन आग्रह गरे । ‘५८ प्रतिशत तराई मधेशको भूभागमा त्यहाँको मधेशी जनताले खुन बगाउँछ । पसिना बगाउँछ । हामी त्यहाँ लड्छौं । हामीमाथि यत्रो राष्ट्रियताको प्रश्न खडा गर्ने हो ?’ यादवले भने । नेपाल र भारतका बीचमा रहेका सीमा समस्याहरुमध्ये ९८ प्रतिशत मिलिसकेको नेता यादवको भनाइ छ ।

तर, मिलिसकेको विषयमा दुवै देशले हस्ताक्षर नगरेको भन्दै उनले असन्तुष्टि राखे । ‘दुवै देशका बीचमा ९८ प्रतिशत सहमति भइसकेको विषयमा दुइटै देशले हस्ताक्षर किन गर्दैन ?’ यादवको प्रश्न छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ