जनकपुधाम, २ बैशाख । प्रदेश २ को वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश सरकारले दक्षिणवर्ती सीमा सिल गर्न गृहकार्य थालेको छ । सीमा सिल गर्न प्रदेश सरकारले संघीय सरकारसँग थप सुरक्षाकर्मी मागेको छ ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दक्षिणवर्ती सीमा सिल गर्न संघीय सरकारसँग एक हजार थप सुरक्षाकर्मी माग गरिएको बताए ।
मन्त्री यादवले भने, ‘मुख्य चौनौती नै सीमाबाट लुकिछिपी हुने आउजाउ हो । यसलाई नरोकेसम्म कोरोना जोखिम कम हुँदैन ।’
मन्त्री यादवका अनुसार वीरगन्जमा रहेका भारतीय तीनजनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ का आठवटै जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।
तपाईको प्रतिक्रिया