जनकपुरधाम, २८ चैत । लकडाउनकै बीच प्रदेश २ का नाका प्रयोग गरेर भारतबाट आउने क्रम नरोकिएपछि प्रहरीले सीमा नाकामा थप चेकपोस्ट खडा गरेको छ ।
लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोस्ट संख्या बढाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न काकीले जानकारी दिए । यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको संख्या बढाइएको उनले बताए ।
डीआईजी कार्कीका अनुसार अहिले त्यसलाई बढाएर ३ सय २९ पु¥याइएका छ । भारतबाट नेपाल आउन सक्ने सम्भावित ठाउँहरूमा चेकपोष्ट बनाइएको उनले बताए ।
सीमा नाकामा चेकपोष्ट थपेर भारततर्फका एसएसबी, थानेदार, दरोगा, डीएमहरुसँग नियमित सम्पर्क र समन्वय गरिरहेको कार्कीले बताए ।
तपाईको प्रतिक्रिया