महोत्तरी, ७ माघ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा कोभिड अस्पतालको स्थापना गरिएको छ ।
नेपाल सरकार तथा मटिहानी नगरपालिकाको सहयोगमा सिमरदही स्थित स्वास्थ्य चौकीमा ५ (पाँच) शैयाको सो अस्पताल स्थापना गरिएको कुरा मटिहानी नगरपालिकाले जनाएको छ ।
यसैबीच सो कोभिड अस्पतालको एक समारोहबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले विधिवत् उद्घाटन गरेका छन् ।
वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैनको सभापतित्वमा सम्पन कार्यक्रममा पवन मण्डल, नागेश्वर पाण्डेय, दिनेश यादव लगायतका वक्ताहरुले कोभिड वारे प्रकाश पारेका थिए ।
तपाईको प्रतिक्रिया