सीमा खुला करो आन्दोलन महोत्तरी र सिरहामा पनि सुरु

समाचार

11/22/2020

काठमाडौं, ८ मंसिर । कोभिड–१९ नियन्त्रणको नाममा नेपाल सरकारले नेपाल–भारत सीमा बन्द गरेको विरोधमा ठाउँ–ठाउँमा धर्ना तथा प्रदर्शनहरु सुरु भएको छ ।

नेपाल–भारत खुला सीमा सम्वाद समूह, स्थानीय जनप्रतिनिधि तथा नागरिक अगुवाहरुले सीमा खोलाउनका लागि करिब एक साताभन्दा बढी समयदेखि विभिन्न ठाउँमा धर्ना दिँदै आएको छ ।

नेपाल–भारत खुला सीमा सम्वाद समूहले धनुषाको दुहबीमा विगत ६ दिनदेखि धर्ना दिँदै आएको छ भने सोमबारदेखि महोत्तरीको कटैया र सिरहाको माडरमा पनि अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ