काठमाडौं, २७ जेठ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताबाटै सीमा समस्याको समाधान हुने स्पष्ट गरेका छन् । प्रतिनिधिसभामा मंगलबार मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नमाथि जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले सीमा समस्या भारतसँग कुटनीतिक वार्ताबाटै समाधान गरिने बताए ।
‘हामी छिटो वार्ता गरौं भन्नेमा छौं,’ उनले भने, ‘कुटनीतिक तर्फबाट नै समस्या समाधान हुन्छ । अरू विकल्प बनाइरहेका छैनौं, बनाउन पनि जरूरी छैन ।’
उनले काली नदी नै नेपाल–भारत सीमा भएको उल्लेख गरे । ‘काली नदी सीमाना नमान्नुपर्ने कारण छैन,’ उनले भने, ‘ऐतिहासिक तथ्यका आधारमा कुटनीति वार्ता गर्छौं । हाम्रो भूमिमा हाम्रै हक हुन्छ ।’
नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नक्सा जारी गरिसकेको छ । संविधानमा रहेको निशान छाप परिवर्तनका लागि सरकारले संविधान संशोधन संसदमा दर्ता गरिसकेको छ ।
तपाईको प्रतिक्रिया