रुपन्देही, ४ साउन । तिलोत्तमा नगरपालिका–६ स्थित भित्री सडकमा लु.२९ प ७०८५ नम्बरको मोटरसाइकल बाटोमा हिडिरहेको स्यालसँग ठोक्किँदा एक किशोरको मृत्यु भएको छ ।
सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–६ गणेशपुर बस्ने १९ वर्षीय गोमन घर्तीमगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया