कृषि उत्पादन सरकारको उच्च प्राथमिकतामा

समाचार

2/27/2020

विराटनगर, १५ फागुन । विराटनगरमा साढे पाँच करोडको लागतमा सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग स्थापना भएको छ । उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले कृषिलाई वैज्ञानिकीकरण गरी पूर्णरुपमा व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रम अघि सारेको जानकारी पनि दिए ।

मुख्यमन्त्री राईले प्रदेशले दूग्ध उत्पादनमा पूर्णरुपमा आत्मनिर्भर भइसकेकाले अव दूग्धजन्य वस्तुु उत्पादनमा समेत आत्मनिर्भर बन्नुुपर्ने बताए । दूग्धजन्य पदार्थको उत्पादनसँगै बिक्री वितरण गर्ने उदेश्यले स्थापना गरिएको उद्योगको बुधबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुुर रानाले कृषिलाई व्यावसायीकरण गर्दै त्यसलाई उद्योगसँग जोड्नु आवश्यक रहेकोमा जोड दिए । विराटनगर १४ स्थित जतुवामा स्थापना भएको सो उधोगको दैनिक २० हजार लिटर दूध संकलनसँगै प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका सञ्चालक मनोज यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ