सरकारको स्वागतयोग्य निर्णय, हाम्रा मागहरु पूरा हुने विश्वास : सांसद चौधरी

समाचार

4/29/2021

काठमाडौं, १६ बैशाख । नेपाल सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकबाट मधेश आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दाहरु फिर्ता लिन सुरु गरेको निर्णयलाई जनता समाजवादी पार्टी नेपालकी सांसद चन्दा चौधरीले स्वागत गरेकी छन् ।

‘सरकारले राजनीतिक निर्णय गरी, विभिन्न चरणको मधेश आन्दोलनमा झुठा मुद्दा लगाइएका १२० जनाको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेकोमा उक्त निर्णयको स्वागत गर्दछु र नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।’ सांसद चौधरीले मधेशवाणीलाई बताएकी हुन् ।

उनले जसपाले बारम्बार राख्दै आएको माग जुन निर्दोष मधेशी जनतालाई विभिन्न झुठा मुद्दा लगाई हिरासतमा राखेका छन्, त्यसको शुद्धीकरण यस निर्णयसँगै शुरु भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘नेपाल सरकारको यो पछिल्लो निर्णयको लागि नेपाल सरकार र जनता समाजवादी पार्टीका नेतृत्वगण जसले बारम्बार आफ्ना मागहरुलाई सशक्त तरिकाले राख्नुभयो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु । यो पुर्ण जीत नभए पनि विभिन्न चरणको मधेस आन्दोलनले स्थापित बनाएको हाम्रो माग र हामीले उठाएका मुद्धाहरुको औचित्यमा राज्यले अब भने ध्यान दिन लागेको हो भत्रे सकारात्मक संदेश यस निर्णयले दिएको छ ।’

अरु मुद्दाहरु जस्तै, सांसद रेशम चौधरी लगायतका राजनीतिक बन्दीहरुको रिहाई, नागरिकता विधेयक लगायत संविधान संशोधनका मुद्दाहरुको सुनुवाई भई माग पूरा हुने विश्वास उनले व्यक्त गरेकी छन् । ‘यस सन्बन्धित निर्णयहरु नेपाल सरकारले चाँडोभन्दा चाँडो पूरा गर्नेछ्न भन्ने विश्वास लिएकी छु ।’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ