सरकारले भारतबाट २० लाख डोज कोरोना खोप किन्ने

समाचार

2/17/2021

काठमाडौं, ५ फागुन । सरकारले भारतको सिरम ईन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले खोप खरिदका लागि स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।

१० लाख डोज खोप फेब्रुअरी अन्तिमसम्म र बाँकी १० लाख मार्चभित्र ल्याउने सरकारको योजना रहेको छ । प्रतिडोज ४ डलरका दरले सिरमले २० लाख डोज खोप उपलब्ध गराउने छ । सरकारले खोप शुल्कको ८० प्रतिशत रकम पेश्कीस्वरुप उपलब्ध गराउने छ ।

कोभिड १९ विरुद्धको खोप अभियानअन्तरगत दोस्रो चरणको प्राथमिकतामा सरकारले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र ४५ वर्षमाथिका दीर्घरोगीलाई राखेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ