सरकारविरुद्ध कपिलवस्तुमा कांग्रेसका शुभेच्छुक संस्थाको प्रर्दशन

समाचार

2/7/2021

कपिलवस्तु, २४ माघ । वर्तमान सरकारले प्रतिनिधिसभा विघटनविरुद्ध कपिलवस्तुका नेपाली कांग्रेसका शुभेच्छुक संघ संगठनहरूले विरोध प्रदर्शन गरेका छन् ।

सदरमुकामा तौलिहवा परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर विरोध कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजित विरोध कार्यक्रममा बोल्दै नेपाल प्रस युनियनका जिल्ला उप सभापति खग प्रसाद चापागाइले केपी ओली नेतृत्वको सरकारले संविधान विपरीत गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका थिए ।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढङ्गले संसद् विघटन गरेकाले पार्टीको केन्द्रीय सर्कुलर अनुसार आफूहरू विरोध प्रदर्शनमा उत्रिएको बताए ।

विरोध प्रदर्शनमा शिक्षक महासंघकी जिल्ला अध्यक्ष दिना सुवेदीले अलोकतान्त्रिक र प्रतिगमनको विरुद्धमा सबै संगठनहरु निरन्तर खवरदारी गर्ने बताइन् ।

कार्यक्रममा नेपाली कांगे्रसका जिल्ला सदस्य माधव पराजुली, प्रकाश घिमिरे, अनुप कुमार पाण्डेय, राजेश उपाध्याय शिक्षक संघका अध्यक्ष अफाक अहमद खां, ट्रेड युयिननकी नेता विमला गैरे लगायत सयौं जना नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ