सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन

समाचार

6/11/2020

काठमाडौं, २९ जेठ । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सरकारविरुद्धमा प्रदर्शन भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरुले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने माग गरेका थिए ।

प्रदर्शनकारीलाई तिरतवितर बनाउन प्रहरीले पानीको फोहोरा हानेको थियो । तर प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्यास समेत हानेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ